सार्वजनिक संस्थानहरूको उचित प्रतिफल आउने गरी व्यवस्थापन गर्न आवश्यकः अर्थ मन्त्रालय
काठमाण्डौ । सरकारले सार्वजनिक संस्थानहरूको उचित प्रतिफल आउने गरी व्यवस्थापन गर्न आवश्यक रहेको जनाएको छ । अर्थ मन्त्रालयले देशको वर्तमान अवस्थालाई दर्शाउँदै जारी गरेको श्रेवतपत्रमा यस्तो आवश्यकता औल्याइएको हो ।श्रेवतपत्रमा सार्वजनिक संस्थानमा सरकारको लगानी बढ्दै गएपनि अपेक्षित प्रतिफल हासिल हुन नसकेको उल्लेख छ । २०८२ फागुनसम्म सरकारको पूर्ण स्वामित्व भएका २० र...

