रावा इनर्जी डेभलपमेन्टको २०.६२ लाख कित्ता सेयरको लक इन अवधि जेठमा समाप्त हुने
काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको लक इन अवधि आगामी जेठ महिनामा समाप्त हुने भएको छ । कम्पनीले एक सचूना जारी गर्दै संस्थापक, कर्मचारी तथा स्थानीय बासिन्दाको नाममा रहेको सेयरको लक इन अवधि जेठ २९ गते समाप्त हुन लागेको जनाएको हो ।कम्पनीको कुल २० लाख ६२ हजार ७१७ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो । जसमा संस्थापक सेयरको संख्या १९ लाख ६० हजार कित्ता, कर्मचारीलाई...

