पुसमा घरजग्गा कारोबार स्थिर, राजस्व भने ६% ले वृद्धि
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिर महिनामा उच्च घरजग्गा कारोबार भएपनि पुसमा कारोबार संख्या स्थिर रहेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ।विभागका अनुसार पुसमा देशभर ५१ हजार ८०० घरजग्गा कारोबार भएका छन्, जुन मंसिरको ५१ हजार ६०० कारोबारसँग लगभग समान छ।

