हालै आईपीओ जारी गरेको सालपा विकास बैंक १.०४ करोड घाटामा, अधिकांश सूचकमा कमजोर
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको सालपा विकास बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकको घाटा बढ्न पुगेको छ ।समीक्षा अवधिसम्म बैंकले १ करोड ४ लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको घाटा १३ लाख ९२ हजार रुपैयाँमा सीमित थियो ।

