२२% ले बढ्यो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा, लाभांश क्षमता भने घट्यो
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ४० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २२.१९ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकले ३३ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।बैंकको खुद ब्याज आम्दानी भने १.२१ प्रतिशतले घटेर १ अर्ब २८ करोड रुपैयाँमा सीमित बनेको छ ।बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ ।...

