ब्याज आम्दानीसँगै घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा, लाभांश क्षमतामा समेत ह्रास
काठमाण्डौ । ब्याज आम्दानीमा संकुचन आउदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । बैंकले समीक्षा अवधिसम्म २ अर्ब ८ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिससम्म बैंकले आर्जन गरेको तुलनामा ४.२४ प्रतिशतले कम हो ।अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब १७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

