सुपर मादी हाईड्रोपावरको नाफा ६९% ले वृद्धि
काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको नाफा ६९.२५ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २० करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १२ कोड १७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।नाफासँगै कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ६० करोड ६० रुपैयाँ विद्युत बिक्री आम्दानी...

