आईतवार, मंसिर २८,२०८२ 04:47:41
Bizshala
  • आईतवार, मंसिर २८,२०८२ 04:47:41
Bizshala
Global IME Bank Limited
Bizshala

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनमएबि बैंक, आईएफसी र ईयूको साझेदारी

Hyundai Nepal
नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनमएबि बैंक, आईएफसी र ईयूको साझेदारी
Shivam Cement

काठमाण्डौ । मार्च महिनाको पहिलो हप्ता, एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग सहकार्य गर्दै र युरोपियन युनियनको ब्ऋक्क्ष्क्ष्क् कार्यक्रमको सहयोगमा तीन–दिने तालिम सञ्चालन गरेको छ। 

सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू—ऊर्जा, कृषिव्यवसाय, र एसएमई (सानो तथा मध्यम उद्यम) क्षेत्र—मा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो। नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले, तालिमले बैंकिङ तथा व्यवसायमा ईएसजी (पर्यावरणीय, सामाजिक, रसुशासन) अभ्यासहरूलाई समाहित गर्न जोड दिएको बैंकले जनाएको छ ।

CG Motors
Garima Development Bank
IME remit

जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउँछ।आइएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरू बारे गहिरो ज्ञान हासिल गर्न एनएमबी बैंकका व्यवसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृतहरू, तथा ग्राहकहरू गरी ९० जना सहभागी थिए।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम , जैविक विविधता व्यवस्थापन, श्रमअधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको बै.कले जनाएको छ । यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.