काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा मागभन्दा ४.६ गुणा बढी आवेदन परेको हो ।
आज साझ ५ बजेसम्ममा ४ लाख ५८ हजार ५४१ आवेदकबाट ५४ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबरको ५४ लाख ९८ हजार ३३० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु।१०० अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरुको लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि गत फागुन २७ गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरेको थियो ।
यस्तै कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात २८ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।