काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडद्वारा प्रर्वद्धन तथा सञ्चालित आयोजनाको उत्पादन क्षमता वृद्धि गरिएको छ । कम्पनीद्वारा प्रर्वद्धन तथा सञ्चालित बागमति साना जलविद्युत आयोजना २२ मेवा मा थप १० मे वा क्षमता वृद्धि गरि ३२ मेवाको विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ ।
साथै गत असोज ११ र १२ गतेको भिषण वर्षाको कारणले आएको बाढी तथा पहिरोले क्षति पुयाएको यस बागमति साना जलविद्युत आयोजना २२ मेवाको पुनःनिर्माण कार्य निकट भविष्यमा सम्पन्न गरि सञ्चालनमा ल्याइने व्यहोरा समेत कम्पनीले जानकारी दिएको छ ।