काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेड घाटाबाट माथि उठ्दै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ करोड १४ लाख रुपैयाँ घाटामा थियो । यद्यपी कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी २७.८९ प्रतिशतले घटेदै १३ करोड १ लाखमा सीमित बनेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी २८.५९ प्रतिशतले बढ्दै १ करोड ६३ लाख र अन्य सञ्चालन आम्दानी ४३३.८९ प्रतिशतले बढेर १ करोड ७ट लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको सञ्चालन मुनाफा २ करोड ४० लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ३१ लाख रुपैयाँ ऋणात्मक कायम छ । रिजर्भको आकार भने ३० करोड ३२ लाखबाट बढेर ४१ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको निक्षेप संकलन ७ अर्ब २३ करोड र कर्जा प्रवाह ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा अनुपात भने ९.८७ प्रतिशतबाट बढेर १२.०१ प्रतिशत पुगेको छ ।
यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ३६ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.३९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८९८.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात २५३.९२ गुणा र तरलता अनुपात ४२.१५ प्रतिशत कायम भएको छ ।