काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा कम्पनीका अध्यक्ष, सञ्चालकहरु, निवर्तमान सञ्चालकहरु,प्रमुख कार्यकारी अधिकृत,उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरु र १५ वर्षभन्दा बढी अवधि सेवागरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तिय अवस्था, विश्वसनीयता हासिल गरेका सूचांकहरुको उन्नति र उत्कृष्टताको लागि आभार प्रकट गर्दै सदैव कम्पनीले अवलम्वन गरेका नविनतम प्रबिधि, समय सापेक्ष ग्राहकमैत्री सेवाहरुप्रती प्रतिबद्ध रहि आगामी दिनहरुमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ बृहतर अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गर्दै सम्पूर्ण शुभेच्छुक तथा सरोकारवालाहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे।
प्रमुख कार्यकारी अधिकृत खत्रीले कर्मचारीहरुको हकहित,सिप तथा व्यक्तित्व विकाशनै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको र सूर्यज्योतिमा कर्मचारीहरुले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने बताए।
साथै,कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको सेवागुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए।कम्पनीले यो आर्थिक वर्ष २०८१/८२ अन्त्यसम्ममा हालसम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रष्ट पारे।
साथै,उक्त अवसरमा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले उपलब्धिमूलक यस यात्रामा अटुट सम्बन्ध राख्ने सबैलाई धन्यवाद दिए । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्तापूँजी रु.५०१ करोड, कुल लगानी रु.४,४०० करोड, जीवन बीमा कोष रु३,९४० करोड,नेटवर्थ रु.६३० करोड, जारी बीमालेख संख्या ३२ लाख ७५ हजार ४७९, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार २४० र देशभर रहेका १७४ शाखा सञ्जालद्वारा सेवा प्रदान गरीरहेको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (1)(1).jpg) 
                                        (49).jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                