काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।
बैंकले १ हजार अंकित दरका ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता भएको ‘ एनएमबी पावर बोन्ड वान’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै वैशाख ११ गते आवेदन दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै बैंकले व्यक्तिगत तवरबाट ३० लाख कित्ता र सर्वसाधारणका लागि २० लाख कित्ता गरी कुल ५० लाख कित्ता ऋणपत्र जारी गर्नेछ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्रको अवधि ७ वर्षको हुनेछ भने यसको वार्षिक प्रतिफल ७ प्रतिशत हुनेछ ।