काठमाण्डौ । टाइटानिक जहाज डुब्नुअघि एकयात्रुले लेखेको पत्र ४ लाख डलरमा बिक्री भएको छ । कर्नेल आर्चिबाल्ड ग्रासीले टाइटानिक डुब्नु केही दिनअघि मात्रै लेखेको उक्त पत्र बेलायतमा लिलामीमा राखिएको थियो ।
जहाँ उक्त पत्रका लागि ४ लाख डलर(३ लाख पाउण्ड)को बोलि लागेको हो । बेलायतको हेनरी अल्ड्रिज एण्ड सन्समा लिलामी गरिएको उक्त पत्र एक व्यक्तिले खरिद गरेका छन् । उनको परिचिय भने खुलाइएको छैन ।
लिलामी अघि उक्त पत्र ६० हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको थियो ।
उक्त पत्र ग्रासीले साउथह्याम्टनमा टाइटानिकमा प्रवेश गरेपछि अर्थात सन् १९१२ अप्रिल १० मा लेखेका थिए । पत्र लेखेको ५ दिनपछि नर्थ एट्लान्टिकमा टाइटानिक जहाज डुबेको थियो ।
कर्नेल ग्रासी जहाजमा रहेका २२ सय यात्रुमध्ये एक थिए । यसका साथै उनी न्यूयोर्कतर्फ प्रस्थान गरिरहेको जहाजको क्रु सदस्य समेत थिए । उक्त दुर्घटनामा १५ सय भन्दा बढीले ज्यान गुमाएका थिए ।
फस्ट क्लासका यात्रु ग्रासीले क्याबिन सी५१ बाट उक्त लेखेका थिए । उक्त पत्र सन् १९१२ अप्रिल ११ मा आयरल्याण्डको कुइन्स्टाउनमा पोष्ट गरिएको थियो । यो पत्र अप्रिल १२ मा पनि पोस्टमार्क्ड गरिएको थियो ।
टाइटानिक दुर्घटनामा ग्रासी बाच्न सफल भएका थिए । तर हाइपरथर्मिया र चोटपटकका कारण उनको स्वास्थ्य अवस्था नाजुक बनेको थियो । उनी सन् १९१२ डिसेम्बर २ मा कोमा गएका थिए । यसको दुईदिन पछि उनको मृत्यु भएको थियो ।