काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीको नाफामा १ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको छ ।
अघिल्लो आवको समेही अवधिसम्म पनि ३४ लाख १७ हजार घाटामा रहेको थियो । विद्युत बिक्री आम्दानीमा आएको गिरावटका कारण कम्पनीको घाटा बढेको हो । यो अवधिसम्म विद्युत बिक्रीमार्फत कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २१.१९ प्रतिशतले कम हो ।
कम्पनीको कर्मचारी खर्च ५० लाख ४४ हजार रुपैयाँबाट बढेर ६२ लाख ७७ हजार रुपैयाँ र प्रशासनिक खर्च ३७ लाख ६७ हजार रुपैयाँबाट बढेर ६५ लाख ८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भको आकार पनि १० करोड ६६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले यो अवधिसम्म ३३ करोड ८१ लाख रुपैयाँ दीर्घकालिन र ४ करोड ४७ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.०६रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ५१.५४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४५.४७ रुपैयाँ र तरलता अनुपात ५३.६५ प्रतिशत कायम भएको छ ।