काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेड 9th PM CUP - NVA WOMEN'S/MEN'S VOLLEYBALL LEAGUE - 2082 मा ‘स्ट्रेन्थ पार्टनर’ बनेको छ । यो प्रतियोगिता आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुँदैछ ।
राष्ट्रिय खेलको प्रवद्र्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको जनाएको छ । हालै काठमाण्डौमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघकातर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भिपि निखिल अग्रवालबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो ।
शिवम् सिमेन्टले यसअघि भलिबल नेपालको राष्ट्रिय खेल भईसकेपछि यसको प्रबद्र्धन गर्न विभिन्न प्रतियोगितामा सहकार्य गर्दै आईरहेको छ ।
जसअन्र्तगत शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेष्ट भलिबल लिगअन्र्तगत कर्णाली यशविस टिम प्रायोजन लगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रमहरूमा समेत प्रायोजन तथा सहकार्य गर्दै आएको छ ।