काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लकइन अवधि आगामी साउन महिनामा सकिने भएको छ । संस्थाको संस्थापक तथा कर्मचारीरुको स्वामित्वमा रहेको सेयरको लकइन पिरियड साउन १० गते गते समाप्त हुने भएको हो ।
संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको १ हजार ४८२ कित्ता गरी कुल २ लाख ३ हजार ८२४ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
डिप्रोक्स लघुवित्तले साविक आदर्श लघुवित्तलाई प्राप्ति गरी २०८० असार १ गते बाट एकिकृत कारोबारको थालनी गरेको थियो । सािवक आदर्श लघुवित्तको साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड भएको मितिले ३ वर्ष अवधि पुरा नभई संस्थापहरुले धारण गरेको सेयर तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरहरु बिक्री गर्न नपाइने भएकाले उक्त सेयरहरुको लकइ इन अवधि साउन १० मा समाप्त हुन लागेको हो ।
लकइन अवधि सकिएपछि कम्पनीको संस्थापक सेयरधनीहरुको हकमा प्रचलित कानून बमोजिम खरिदबिक्री हुनेछ । यद्यपी उच्च व्यवस्थापनमा तहमा रहेका कर्मचारीहरुले भने सेयर खरिदबिक्री गर्न नपाउने जनाइएको छ ।