काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीद्वारा प्रस्तावित लाभांश नेपाल बीममा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।