काठमाण्डौ । सीताराम डेरी र किर्तीपुर नगरपालिका–४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लाइफ ज्याकेट वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य पुकार मर्हजन,किर्तिपुर नगरपालिका प्रमुख कृष्ण्मान डंगोल ,नेपाल स्वास्थ्य स्वयंमसेवीका का अध्यक्ष निरकुमारी मर्हजन, वडा नं. ४ का वडा अध्यक्ष राजेन्द्र बानिया, प्रहरी नायव निरीक्षक ओम राणा, सशस्त्र प्रहरी नायव निरीक्षक कमल गिरी तथा नेपाल सशस्त्र प्रहरी विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीलगायत सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरी विद्यालयका विद्यार्थीहरु , शिक्षक÷शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।