आईतवार, श्रावण ११,२०८२ 01:52:50
  • आईतवार, श्रावण ११,२०८२ 01:52:50
Global IME Bank Limited

ग्रिन डेभलपमेन्ट बैंकको नाफामा ७९% को सुधार, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
ग्रिन डेभलपमेन्ट बैंकको नाफामा ७९% को सुधार, आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको छ । बैंकले जारी गरेको गत आवको चौथो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ७९.५३ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिसम्म बैंकले ६ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले ३ करोड ८६ लाख रुपैयाँबराबरको ख्द नाफा आर्जन गरेको थियो ।  

यस्तै बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले बढेर २० करोड २० लाख रुपैयाँ पुगेको छ ।  

Muktinath Bikas Bank Limited

बैंकको वितरणयोग्य मुनाफा ६ लाख ७ हजार रुपैयाँ रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १०.६७ प्रतिशत छ । बैंकको रिटेन्ड अर्निङ ३ करोड ७९ लाख रुपैयाँबाट बढेर ६ करोड ७ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि ५ करोड १६ लाखबाट बढेर ६ करोड ५१ लाख पुगेको छ ।  

६ अर्ब ३७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ४ अर्ब ७३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

चौथो त्रैमाससम्म बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ । अघिल्लो आवसम्म २ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ६८लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै बैंकको खराब कर्जा अनुपात ३.३३ प्रतिशत कायम भएको छ ।  

बैंकको प्रतिसेयर आम्दानी १२.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ, तरलता अनुपात ३३.३३ प्रतिशत र मूल्य आम्दानी अनुपात १२२.०७ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.