मंगलवार, श्रावण २०,२०८२ 05:22:22
  • मंगलवार, श्रावण २०,२०८२ 05:22:22
Global IME Bank Limited

सेग्वेले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने

Hyundai Nepal
सेग्वेले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने
Shivam Cement

काठमाण्डौ । सेग्वे–नाइनबोटको नेपालका लागि आधिकारीक वितरक आइहब प्रालिले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ । राजधानी काठमाण्डौको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँचदिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँ मोडेल प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार, यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कूटर (‘ई १५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन् । यी मोडेलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।

Shivam Cement
Muktinath Bikas Bank Limited

‘सेग्वे ई१५० एमके२’ मा७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० किमी प्रतिघण्टा गति लिन सक्छ र ७५ देखि १२० किमीसम्म यात्रा गर्न सक्छ । ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० किमी प्रतिघण्टासम्मको गति लिन सक्छ र ६० देखि १०० किमीसम्मको दायरा दिनेछ ।

‘सेग्वे जाइबर ई–बाइक’मा ३००० वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ । यसले अधिकतम ३२ किमी प्रतिघण्टा गति लिन सक्छ र ७७ किमीसम्म चल्न सक्छ । यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ । ‘सेग्वे जाफारी ई–साइकल’मा ७५० बाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ किमी प्रतिघण्टा गति लिन सक्छ र ५८ किमीसम्म चल्न सक्छ । साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा गरिएको छ । यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्नेछ, जसले नेपाली यात्रुहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्प उपलब्ध गराउनेछ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भोलिदेखि (अगस्ट ६) सुरु हुँदैछ, र यस वर्षको प्रमुख आकर्षणमध्ये सेग्वेका यी नयाँ मोडेल रहने निश्चित भएको छ । मूल्य र उपलब्धताको जानकारी भने एक्स्पोको क्रममा आधिकारिक रूपमा सार्वजनिक गरिनेछ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.