नयाँ वर्षको अवसरमा ‘सेगवे ई११०एल’मा विशेष अफर घोषणा
काठमाण्डौ । नयाँ वर्ष २०८३ को अवसरमा सेगवे ई११०एल मा विशेष अफर घोषणा गरिएको छ । नेपाली बजारमा रुचाइएको यो मोडेल पुनः स्टकमा ल्याउँदै २ लाख ८४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइएको हो । यस अफर अन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन्, साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि समावेश गरिएको छ ।

