काठमाण्डौ । भोलिदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा टोयोटाको हाइब्रिड गाडीमा विशेष अफर सार्वजनिक हुँदैछ । नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटा मेगा अफर ल्याउने तयारी गरेको हो ।
उक्त अफर अन्तर्गत साउन २१ गतेदेखि २५ गतेसम्म हुने एक्स्पोमा टोयोटा गाडी बुक गर्ने ग्राहकहरुले भारी छुट पाउने कम्पनीले जनाएको छ । साथै टोयोटा प्ल्याटिमक कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायत सुविधाहरु पनि ग्राहकले पाउनेछन् ।
कम्पनीका अनुसार टोयोटाका लोकप्रिय मोडलहरु यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्यान्ड क्रुसर २५० लगायतका विभिन्न मोडलका गाडीहरु एक्स्पोमा राखिनेछन् ।
अफरअन्तर्गत एक्स्पोमा सहभागी भई टोयोटाको स्टलमा आउने ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।