बिहीबार, श्रावण २२,२०८२ 11:16:28
  • बिहीबार, श्रावण २२,२०८२ 11:16:28
Global IME Bank Limited

खुद ब्याज आम्दानीमा सुधार आएसँगै समता घरेलु लघुवित्तको नाफा २४०% ले वृद्धि

Hyundai Nepal
खुद ब्याज आम्दानीमा सुधार आएसँगै समता घरेलु लघुवित्तको नाफा २४०% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २४०.९० प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले २ करोड ४९ लाख खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाले समीक्षा अवधिसम्म ३३ करोड ७७ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७३.७५ प्रतिशतले बढी हो । गत आवको चौथो त्रैमाससम्म संस्थाले १९ करोड ४४ लाख खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको खुद सञ्चालन आम्दानी पनि ८६.५५ प्रतिशतले बढेर ३८ करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ ११५.५८ प्रतिशतले बढेर ६ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यस्तै संस्थाको रिजर्भको आकार १४ करोड १२ लाख रुपैयाँबाट बढेर १५ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज ५० लाख ६३ हजार रुपैयाँले रिभर्सल भएको छ । यो अवधिमा खराब कर्जा अनुपात १०.४८ प्रतिशतबाट घटेर ६.८७ प्रतिशत कायम भएको छ । वितरणयोग्य मुनाफा ६ करोड ८६ लाख रुपैयाँ रहेको संस्थाको वितरणयोग्य प्रतिसेयर आम्दानी १०.९१ रुपैयाँ पुगेको छ ।    

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १३.५१ रुपैयाँ, पीई रेसियो ७० गुणा, तरलता अनुपात २४.९७ प्रतिशत र प्रतिसेयर नेटवर्थ १३५.३७ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.