काठमाण्डौ । मोर्बिडेली नेपालले राजधानीमा आयोजना भईरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो द्दण्द्दछ मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू, T352X र T252X सार्वजनिक गरेको छ। इटालियन डिजाइनर अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू(भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएका छन्।
मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले कार्यक्रममा भने,‘T352X र T252X मार्फत हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको साहसिक अनुभव दिने लक्ष्य सहित अघि बढेका छौं।यी मोडेलहरूले नेपाली भूगोलमा रोमाञ्चक र सुरक्षित यात्रा सुनिश्चित गर्नेछन्।’
T352X मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो, जसले चुनौतीपूर्ण भू-भागहरूमा समेत उच्च प्रदर्शन र सन्तुलन प्रदान गर्छ।
मुख्य विशेषताहरू:
- ३४९.२सीसीट्विन-सिलिन्डर, ८-भल्भइन्जिन
- ४०.९एचपी @ ८,५००आरपीएम | ३१.५एनएमटर्क
- ६-स्पीड गियरबक्स
- बोश डुअल च्यानल ABS, स्लिपर क्लच
- मोर्बिडेली कनेक्ट एपसँग एकीकृत७-इन्च TFT डिस्प्ले
- पिरेली स्कॉर्पियन टायर, USD फ्रन्टफोर्क, मल्टि-लिङ्करियर सस्पेन्सन
- १८ लिटर इन्धन ट्याङ्की
शोरूम मूल्य:रू. ९,९७,०००
एक्स्पो अफर मूल्य:रू. ९,२३,००० (NAIMA एक्स्पो अवधिभर)
T252X विशेष गरी प्रारम्भिक र युवा राइडरहरूको लागि डिजाइन गरिएको छ, जसले स्टाइल, सहजता र किफायती मूल्यमा उत्कृष्ट अनुभव प्रदान गर्छ।
मुख्य विशेषताहरू:
- २४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन
- ३३.५एचपी @ १२,००० RPM | २१.५एनएमटर्क
- ६-स्पीड गियरबक्स
- डुअल च्यानल ABS, स्लिपर क्लच
- USD फ्रन्टफोर्क, १७ इन्च एलोय ह्वील
- TFT डिजिटल डिस्प्ले