शुक्रबार, श्रावण २३,२०८२ 09:12:26
  • शुक्रबार, श्रावण २३,२०८२ 09:12:26
Global IME Bank Limited

प्रभु इन्स्योरेन्सको १८% बोनस सेयर पारित

Hyundai Nepal
प्रभु इन्स्योरेन्सको १८% बोनस सेयर पारित
Shivam Cement

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । २९ औं वार्षिक साधारण सभाबाट प्रभु इन्स्योरेन्सले घोषणा गरेको बोनस सेयर र वित्तीय उपलब्धिले बीमा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । यसले बजारमा लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने अपेक्षा समेत गरिएको छ ।

आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयरधनीहरुलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उनको भनाई छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

अध्यक्ष मल्लका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्ण पालना गर्दै, आन्तरिक सुशासनलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अघि बढाइरहेको छ ।  

ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेशन प्रविधि लागू गरिसकेको अध्यक्ष मल्लले बताए । डिजिटल माध्यमबाट नै दाबी भुक्तानी प्रक्रिया, पोलिसी नवीकरण, तथा अन्य बीमा सेवाहरुलाई अझ सरल र प्रभावकारी बनाएको अध्यक्ष मल्लले जानकारी दिए  । उनले भने, ‘ग्राहकको सन्तुष्टि नै व्यवसायिक संस्थाको वास्तविक सफलता हो ।’

संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत कम्पनीले समाजसँग प्रत्यक्ष सम्बन्ध राखी समुदायको दिगो विकासमा योगदान पु¥याउने कार्यलाई प्राथमिकता दिएको प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्लले बताए । स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्रभु इन्स्योरेन्स सक्रिय रहँदै आएको उनको भनाई छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.