काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आम्दानी बढेसँगै नाफापनि वृद्धि भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करेड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्जन गरेको यो रकम अघिल्लो आवको तुलनामा ३५.६५ प्रतिशतले बढी हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
आम्दानीमा आएको सुधारको प्रभाव कम्पनीको नाफामा देखिएको छ । कम्पनीको नाफा समीक्षा अवधिमा ४७.०८ प्रतिशतले बढेको छ । कम्पनीले २ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो अवधिमा कम्पनीले १२ लाख ९५ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ । कम्पनीको कर्मचारी खर्च १ करोड ३३ लाख , ह्रासकट्टी खर्च १ करोड ४४ लाख, अन्य खर्च १ करोड ११ लाख र वित्त खर्च ९२ लाख ४४ हजार रहेको छ ।
कम्पनीको रिजर्भ कोषमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित रहेकाके छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.४१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४६.९७ रुपैया र चालु अनुपात ३.९४ प्रतिशत कायम भएको छ ।