काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीको खुद नाफा १७४१.८४ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा १ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा १० लाख ७८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा अप्रत्याशित सुधार देखिएसँगै नाफा उल्लेख्य बढेको हो ।
गत आवमा कम्पनीले बिजुली बेचेर ९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा २६७८.३८ प्रतिशत बढी हो ।
अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी जम्मा ३४ लाख ९२ हजार रुपैयाँ मात्रै थियो । गत आवको अन्त्यसम्म कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ १२९.७७ प्रतिशतले बढेर ४ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ०.०६ रुपैयाँबाट बढेर ३..७१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११५.७४ रुपैया, पीई रेसियो ७९.९१ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७६.९७ रुपैयाँ रहेको छ ।