काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेको बीमाशुल्क आर्जन र नाफा सामान्य बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा
३५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.८३ प्रतिशतले बढी हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ९ अर्ब १० करोड बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ९ अर्ब ८द्द करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ११ अर्ब ९६ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च १२ अर्ब ७ करोड रुपैयाँबाट बढेर १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । यस्तै कुल आम्दानी पनि १२ अर्ब ६६ करोड रुपैयाँबाट वृद्धि भएर १५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा गिरावट आएको छ । अघिल्लो आवमा १ अर्ब १५ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ४७ करोड २० लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ३९ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.८५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०१०.८९ रुपैयाँ र पीई अनुपात ६३.९१ गुणा कायम भएको छ ।