काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा वृद्धि भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.२५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २२.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीको खुद बीमाुशल्क आर्जन ४ अर्ब २३ करोड रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी पनि ५ अर्ब ५७ करोडबाट बढेर ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको कुल खर्च पनि ५ अर्ब २१ करोडबाट बढेर ६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ८४ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।
कम्पनीको महावित्तती कोषको आकार ९ करोड १४ लाखबाट बढेर ११ करोड ४७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ४१ लाख र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.२६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११५.९२रुपैयाँ र पीई अनुपात ७१.९६ गुणा कायम भएको छ ।