काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी भदौ २४ गते काठमाण्डौको आनन्द भूमि इभेन्ट्समा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै उक्त आवका वित्तीय विवरणहरु पारित गरिनेछ ।
यस्तै सभामा आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुन योग्य हुनेछन् ।