काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७४÷७५ मा वितरण गरेको नगद लाभांश बुझिलिन बाँकी भएमा बैंकको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी बुझिलिन आग्रह गरेको हो ।
उक्त लाभांश रकम सूचना प्रकाशित भएको ३५ दिनभित्र बु्झिलिन नआएमा बाँकी रहेको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
यसका साथै आफ्नो सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण(डिम्याट) नगरेको भए गर्न समेत आग्रह गरिएको छ ।