शुक्रबार, भाद्र ६,२०८२ 01:51:16
  • शुक्रबार, भाद्र ६,२०८२ 01:51:16
Global IME Bank Limited

एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री भदौ १५ गतेदेखि

Hyundai Nepal
एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री भदौ १५ गतेदेखि
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री यही भदौ १५ गतेदेखि हुने भएको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।  

कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित राखि बाँकी रहने २० करोड इकाई सर्वसाधारणहरुमा निष्कासन गर्न लागिएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

यो योजनाको इकाई बिक्री बन्द छिटोमा भदौ १८ गते र ढिलोमा भदौ २९ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X