मंगलवार, भाद्र १७,२०८२ 03:54:06
  • मंगलवार, भाद्र १७,२०८२ 03:54:06
Global IME Bank Limited

बुङ्गल हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै ४.२ गुणा बढी आवेदन

Hyundai Nepal
बुङ्गल हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै ४.२ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । बुङ्गल हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै ४।२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको हो ।  

सिडिएससीका अनुसार कम्पनीको आइपीओमा ६ लाख ३६ हजार ४८७ जनाले ७२ करोड ८ लाख ३६ हजार रुपैयाँ बराबरको ७२ लाख ८ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् ।  

कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते हुनेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले पहिलो चरणअन्तर्गत गत असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।

कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित मूल्यका कुल २९ करोड ५ लाख रुपैयाँ बराबरको कुल २९ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।  

जसमध्ये ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरिएको थियो ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.