काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन १५ गतेदेखि भदौ १९ गतेसम्म १ः०.६५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १ लाख ८९ हजार ९२७ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले आगामी असोज २८ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, विरगञ्ज,हटौडा, बुटवल,विरेन्द्रनगर र बुटवलबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी कात्तिक ११ गते रहेको छ ।