काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साढे ४ लाख लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले आगामी कात्तिक १२ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सिटिजन्स क्यापिटल र सिटिजन्स बैंक इन्टरनेशनल बैंकको शाखा कार्यालयहरु कुमारीपाटी, ठिमी, इटहरी,विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, जनकपुर, नेपालगञ्ज,नारायणगढ, धनगढी,पोखरा, बुटवल र हेटौडाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी कात्तिक १९ गते रहेको छ ।