काठमाण्डौ । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.७५ प्रतिशत कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत ब्याजदर दिएको थियो ।
बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना मुनिका लागि २.७५ प्रतिशत, ६ महिनादेखि १२ महिना मुनिका लागि ३ प्रतिशत, १२ महिनासम्मका लागि ३ प्रतिशत, १२ महिना माथिदेखि २४ महिनासम्मका लागि ३.५० प्रतिशत, २४ महिना माथिदेखि ६० महिना तलसम्मका लागि ४ प्रतिशत र ६० महिना र सो भन्दा माथिका लागि ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । असोज महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले कात्तिक महिनाका लागि भने अधिकतम ४.५० प्रतिशत प्रदान गर्ने भएको छ ।
बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि ३६ महिनाका लागि २.७५ प्रतिशत,३६ महिना माथिदेखि ६० महिना मुनिका लागि ३ र ६० महिना र सो भन्दा माथिका लागि ४.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।