काठमाण्डौ । आइएमई लिमिटेडले साधारण सभा डाकेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २५ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा कात्तिक २५ गते काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको. नगद लाभांश पारित गरिनुका साथै गत आवको वित्तीय विवरणहरु पारित गर्नुका साथै सहायक कम्पनी आइएमईको वित्तीय विवरणहरु पारित गरिनेछ ।
आइएमई लिमिटेड आईपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको आईपीओ निष्कासनको तयारी गरेको छ ।
यसका लागि कम्पनीले नागरिक लगानी कोषसँग सेयर प्रत्याभूति सम्झौता गरिसकेको छ ।