आईतवार, असार १,२०८२ 10:16:46
  • आईतवार, असार १,२०८२ 10:16:46
Global IME Bank Limited

कालीकोटका विद्यार्थीसँग सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

Hyundai Nepal
कालीकोटका विद्यार्थीसँग सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम
Nabil Bank Limited

कर्णाली । कालीकोटस्थित सानिमा बैंकको शाखाले 'ग्लोबल मनि विक-२०२४' को अवसर पारेर विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।  

बुधबार खाँडाचक्र नगरपालिका वडानमबर १ स्थित पञ्चदेवल माध्यमिक विद्यालयका विद्यार्थीसँग सानिमा बैंकको कालीकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो कार्यक्रममा बैंकका प्रबन्धक मछिन्द्रकुमार भण्डारीले मन्तव्य व्यक्त गरेका थिए । सो क्रममा उनले आजको युगमा डिजिटल बैंकिङ सेवाको अपरिहार्यता र बैंकिङ शिक्षाको बारेमा विद्यार्थीलाई जानकारी गराए ।

कार्यक्रममा सो विद्यालयका शिक्षक र करिब दुईसय विद्यार्थीको सहभागिता थियो ।  

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले सानिमा बैंकले जिल्लामा छिटोछरितो तथा सरल तथा सहज ढंगले बैंकिङ सेवा प्रवाह गरेको भन्दै प्रशंसा गरेका थिए । प्रविधिको युगमा विद्यार्थीहरुलाई पनि वित्तीय साक्षरताजस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको र सानिमा बैंकले यो अवसर जुराइदिएकोमा आभार प्रकट गरेका थिए ।  

यो शाखाले प्रत्येक वर्ष दुई जेहेन्दार विद्यार्थीलाई छात्रवृति समेत उपलब्ध गराउँदै आइरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.