IME remit
  • सोमबार, कार्तिक १७,२०८२ 03:58:27
IME remit
Global IME Bank Limited

सेयर बजारका तीन विश्लेषकको एउटै मत-"बुल यात्राका सबै आधार तयार भइसके, अब नेप्से दौडिन्छ!"

Hyundai Nepal
सेयर बजारका तीन विश्लेषकको एउटै मत-"बुल यात्राका सबै आधार तयार भइसके, अब नेप्से दौडिन्छ!"
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलपछि क्रमिक रुपमा घटेको सेयरबजार बढ्न थालेको छ । तिहारपछि ५ कारोबार दिनमा ४ दिन नेप्से बढेको छ भने एकदिन सामान्य मात्रै घट्न पुग्यो ।  

जेनजी आन्दोलनका कारण लामो समयसम्म बन्द रहेको सेयरबजार खुलेको पहिलो दिन नै नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । त्यसलगत्तै बजार घट्दै तल्लो विन्दुमा आइसकेको थियो । घट्दो बजारका कारण सेयर लगानीकर्ताहरुको आत्मविश्वास बढ्न सकिरहेको थिएन ।  

बजारमा दिनहुँ ठूलो अंकको गिरावट जान थालेपछि लगानीकर्ताहरुले आफ्नो अर्बौ सम्पत्ति बजारबाट गुमाएका थिए । सेयर लगानीकर्ताहरुका विभिन्न संगठनहरुले अर्थमन्त्रीलाई भेटेर पूँजीबजार सुधारसम्बन्धी मागहरु राखे भने नियामक निकाय धितोपत्र बोर्डसमक्ष पनि त्यस्ता थुप्रै मागहरु प्रस्तुत गरे । लगानीकर्ताका अधिकांश माग सम्बोधन भएपछि र बाँकी माग पनि सम्बोधन हुने भरपर्दो प्रतिबद्धता आएपछि तिहारलगत्तै बजार लगातार बढ्न थालेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

लामो साइडवेजपछि नेप्से परिसूचक बढ्न थालेसँगै लगानीकर्ताले अब विस्तारै बजार बुलतर्फ लागेको अड्कल लगाइरहेका छन् । बजार बढ्नुपर्ने थुप्रै आधारहरु रहेका बताउँदै बजार माथि जानुपर्ने तर्क गर्नेहरु समेत प्रशस्तै छन् ।  

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छाटेलाल रौनियारले बजार माथि जानुपर्ने त्यस्ता थुप्रै आधारहरु रहेका दाबी गरे । नियामक निकायले कार्यान्वयनमा ल्याएका बजारमैत्री नीतिसँगै देशको अर्थतन्त्रलाई माथि पुर्याउने पक्षहरु सकारात्मक भएकाले नेपालको पूँजीबजार बढ्नुपर्ने रौनियार तर्क गर्छन् ।  

‘अहिलेको बजार बढ्नुको मुख्य कारण भनेकै नेपाल राष्ट्र बैंकको पोलिसी सकारात्मक हुनु हो । राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्याङ्कमा साढे ३ खर्ब रेमिट्यान्स भित्रिएको छ भने विदेशी विनियम सञ्चिति झण्डै २९ खर्ब रहेको छ । साथै नेपालको कुल ग्रार्हस्थ उत्पादन पनि राम्रै देखिएको छ’ उनले भने, ‘बैंक वित्तीय संस्थाहरुमा तलरता फालाफाल छ र ब्याजदर पनि घटेर तल आइसकेको छ, यस्तो अवस्थामा लगानीकर्ताको मनोबल उच्च भएर बजार बढ्न सहयोग पुग्ने देखिन्छ ।’

साथै राष्ट्र बैंकले व्यक्तिगततर्फको रु.२५ करोडको सेयरधितो कर्जाको सीमा हटाएकाले पनि बजार बुलतर्फ जाने सम्भावना रहेको रौनियारको भनाई छ । ‘राष्ट्र बैंकको पोलिसीअनुसार बैंकहरुले लगानीकर्तालाई दिन पाउने सेयर कर्जाको सीमा हटेको छ, यो पूँजीबजारको लागि सकारात्मक पक्ष हो’ उनले भने, ‘साथै बैंकहरुलाई सेयर खरिदबिक्रीमा पनि सहजीकरण गरिएको छ। सहज व्यवस्थाका कारण बैंक र म्युचुअल फण्डहरुले धमाधम सेयर किन्न थालिसकेका छन् ।’  

लगानीकर्तामा आत्मविश्वास बढ्दै गएकोले बजार माथि पुग्ने रौनियारको आँकलन छ । ‘सबै पक्षहरु सकारात्मक नै छन्, लगानीकर्ताहरुमा कन्फिडेन्ट बढिसकेको छ, नियमनकारी निकायहरुले पनि पोजिटिभ रुपमा नै काम गरिरहेका छन् र सेयरबजारमा लाभांश सिजन पनि चलिरहेको छ’ उनले भने, ‘अब राजनीतिक विषयको मात्रै हल्का डर रहेको छ । बिचमा केही समूहहरुको आन्दोलन र चुनाव समयमै हुने या नहुने कुराको डर छ नत्र अन्य सबै कुराहरु सकारात्मक नै देखिन्छन्।’

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे पनि बजार माथि नै जानुपर्ने तर्क गर्छन् । ‘समग्रमा हेर्दा बजार माथि नै जाने देखिन्छ, यसअघि चाडपर्वमा खर्च भएका पैसाहरु पनि बिस्तारै सेयरबजारमा आउन थालेका छन्’ उनले भने, ‘अहिले बजारमा लाभांश सिजन पनि चलिरहेको छ । अधिकांश सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्नै बाँकी छ यस हिसाबले पनि बजार केही विन्दु माथि जाने देखिन्छ ।’

CG Motors
Muktinath Bikas Bank Limited

जेनजी आन्दोलनका कारण मनोबल खस्किएर पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरुको अहिले मनोबल उच्च भइसकेको र बजार घट्नुपर्ने केही कारण नरहेको पाण्डेको दाबी छ ।  

‘बजार घटबढ मुख्यतः लगानीकर्ताहरुको मनोविज्ञानका कारणले हो । यदि लगानीकर्तामा कन्फिडेन्ट बढेन भने बजार कुनै हालतमा माथि जान सक्दैन, यसअघि जेनजी आन्दोलनमा त्यहि कारण भएको थियो’ उनले भने, ‘तर अब राजनीतिक माहोल शान्त भइसकेको छ, सम्भवतः चुनाव पनि समयमै हुनसक्यो भने अझै लगानीकर्तामा विश्वास बढ्छ र उत्साहित हुन पुग्छन् ।’

यसबाहेक बैंकहरुमा तरलता पर्याप्त रहेको र लगानीकर्तालाई सहजै लगानी गर्न वातावरण रहेको कारण बजार माथि जाने उनले बताए । उनले भने, ‘बजार तल्लो विन्दुमा आइसकेको छ, अब प्राविधिक रुपमा हेर्दा पनि बजार माथि नै जाने देखिन्छ, यसबाहेक अब लगानीकर्तालाई बजारमा लगानी गर्न कुनै रोकावट छैन ।’

त्यस्तै, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पनि बजार बढ्नुपर्ने थुप्रै आधारहरु प्रस्तुत गरे । लगानीकर्ताहरुलाई सेयरबजारमा लगानी गर्नका लागि बैंकहरुसँग तरलता फालाफाल रहेको उनको भनाई छ ।  

‘राष्ट्र बैंकले ल्याएको नीतिगत सुधारका कारण बजार माथि जानैपर्ने हो, यसअघि लगाइएको २५ करोडको क्याप हटेको छ र बैंकहरुलाई सेयरबजारमा लगानी गर्ने वातावरण सहज भएको छ’ उनले भने, ‘बैंकहरुले ठूलो रकम बजारमा ल्याउनेबित्तिकै बजार केही विन्दु माथि गइहाल्छ, तर लगानीकर्ताहरुले मनोबल घटाउन भएन ।’

यसबाहेक राजनीतिक अवस्था पनि केही हदसम्म सुधार हुँदै गएकाले बजारलाई तत्कालै प्रभाव नपर्ने ढकालको तर्क छ ।

‘यसअघि जेनजी आन्दोलनसँगै लगानीकर्ताहरुमा क्लोजिङ र चाडपर्वको प्रेसर थियो, बजार घटेर तल्लो विन्दुसम्म आइसकेको थियो’ उनले भने, ‘पर्ख र हेरको नीतिमा रहेका लगानीकर्ताहरु पनि बजारमा सक्रिय बनेका छन् । अझै चुनाव पनि फागुन २१ गते नै हुने कुरा छ, यसले लगानीकर्तामा कन्फिडेन्ट बढाएको छ । र अबको सरकार जो आएपनि आर्थिक क्रान्ति हुनुपर्छ भन्ने लगानीकर्ताहरुको मान्यता रहेको छ ।’

यसका साथै अहिलेको समय लगानी गर्न उपयुक्त समय रहेको ढकालले सुझाए । ‘अहिले बजार न्यून विन्दुमै छ, बैंक वित्तीय संस्था र केही कम्पनीका सेयरमूल्य तल्लो लेभलमा रहेकाले लगानीको उपयुक्त अवसर पनि हो।’ उनले भने, ‘बैंक वित्तीय संस्थासँग ११ खर्बभन्दा बढी तरलता भएकाले अब बजार माथि नै जाने देखिन्छ, त्यसकारण वित्तीय रुपमा बलिया कम्पनीमा अहिले लगानी गर्दा छोटो समयमै उत्कृष्ट रिटर्न पाउन सकिने अवस्था छ ।’

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.