काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले १० लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १० लाख ३८ हजार ९२४ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले आगामी कात्तिक २६ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बालकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा माग अनुसारको कित्ताका लागि आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, प्रभु बैंकका शाखा कार्यालयहरु–विराटनगर, पोखरा, वीरगञ्ज,हेटौडा, बुटवल,सुर्खेत र धनगढी शाखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति मंसिर ३ गते रहेको छ ।

