काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमीटेडले लाभांश घोषणा गरेको छ ।
कात्तिक २० गते दिउँसो ३ बजे बसेको यो कम्पनीको सञ्चालक समितिको १३४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गरी सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
लाभांश सम्बन्धी यो निर्णय विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको मंसिर २९ गते हुने वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति समेत तोकेको छ । २०८२ मंसिर १७ गतेलाई बुक क्लोज मिति तोकिएको छ ।
यसको अर्थ माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्न तथा घोषित साधारणसभामा सहभागी बन्नका लागि मंसिर १७ भन्दा अगाडि नै सेयर खरीद गरी सेयरधनी बनिसक्नुपर्नेछ ।
हाल यो कम्पनीको दोश्रो बजारमा सेयरमूल्य प्रतिकित्ता ६०० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ ।

