सोमबार, असार २,२०८२ 04:55:36
  • सोमबार, असार २,२०८२ 04:55:36
Global IME Bank Limited

चितवनको भिमनगरमा सबैको लघुवित्तको वित्तीय साक्षरता सचेतना र्‍याली सम्पन्न

Hyundai Nepal
चितवनको भिमनगरमा सबैको लघुवित्तको  वित्तीय साक्षरता सचेतना र्‍याली सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता सचेतना र्‍याली सम्पन्न गरेको छ । 

संस्थाले आफ्ना ५ जना युवा महिला ग्राहक सदस्यहरु,चितवन जिल्ला भरतपुर महानगरपालिका २० भिमनगरस्थित भिमनगर माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ४४ जना विद्यार्थीहरु, २ जना शिक्षक, ३ जना संस्थाको ज्योतिनगर शाखाका कर्मचारीहरु, २ जना संस्थाको पर्सा शाखाका कर्मचारीहरु,१३ जना संस्थाको केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरु, अधिकृत स्तरिय कर्मचारीहरु, अन्य सम्पूर्ण कर्मचारीहरु, १ जना भरतपुर महानगरपालिका २६ का वडा सदस्य, भरतपुर महानगरपालिका चनौलीस्थित इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरु गरी ६८ जनाको सहभागितामा चैत ९ गते उक्त र्‍याली सम्पन्न गरेको हो ।  

चितवन जिल्लाको भिमनगरबाट चनौलीबजार, वसन्तचोक हुँदै लाहुरे चोकसम्म उक्त र्‍यालीको आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले बताए ।

स्थानीय बालबालिका तथा युवाहरुलाई लक्षित गरी जनचेतना जगाउने हेतुले प्ले कार्ड सहित र्‍याली निकालिएको थियो । ग्लोबल मनिवीक मनाउँछौं ,आजको बचत भोलिको सुरक्षा,फजुल खर्च रोक्छौं रोक्छौं मितब्ययी बन्छौं , औपचारिक बैंक तथा वित्तीय संस्थासँग मात्र कारोवार गरौं , रेमिटेन्स पठाउँदा बैंकिङ च्यानलको प्रयोग गरौं, नोट सँधै सफा र सुरक्षित राखौं सफा राखौं, आदि विभिन्न वित्तीय सचेतनामूलक प्लेकार्डसहित चितवन जिल्लाको भिमनगर माध्यमिक विद्यालयबाट चनौली बजार हुँदै वसन्तचोक लाहुरे चोकसम्म र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले चैत्र ५ गते बाँकेको डाँडाटपरीमा, चैत्र ६ गते कैलाली जिल्लाको जोशीपुरमा, चैत्र ७ गते दैलेखको डाँडी माडीमा, चैत्र ८ गते सर्लाहीको बयलबासमा, चैत्र १० गते झापाको बुधबारेमा, चैत्र ११ गते सुनसरीको लौकहीमा संस्थाका युवाग्राहक सदस्यहरु तथा विद्याथीहरुको सहभागितामा वित्तीय साक्षरता तालिम सञ्चालन गर्नुका साथसाथै वित्तीय सचेतनामूलक र्‍याली समेत निकालेको छ ।

सबैको लघुवित्तको ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ सुपरीवेक्षण मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरुमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.