काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले १० करोड रुपैयाँ भन्दा बढी घाटा ब्यहोरेको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनी १० करोड १० लाख रुपैयाँ घाटामा देखिएको हो ।
गत आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । जेनजी आन्दोलनका कारण एनएलजी इन्स्योरेन्समा ठूलो रकमको बीमा दाबी परेकाले दायित्व बहन गर्नुपर्दा कम्पनीको नाफा प्रभावित देखिएको हो ।
कम्पनीले सो अवधिसम्म १७ करोड ५७ लाख ७७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो प्रिमियम रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३०।०९ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म कम्पनील १३ करोड ५१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
साथै कम्पनीले सो अवधिसम्म ३७ करोड ९४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २६१.५६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यो कम्पनीले १० करोड ४९ लाख रुपैयाँ मात्रै बीमा दाबी भुक्तानी दिएको थियो ।
कम्पनीले बीमा कोषमा ४ अर्ब ५० करोड रुपैयाँ संचित गरेको छ भने कम्प्नीको रिटेन्ड अर्निङ १५ करो ७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।
सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १५.७६ रुपैयाँ ऋणात्मक भएको छ भने प्रतिसेयर नेटवर्थ १६८.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.२३ गुणा ऋणात्मक देखिएको छ ।

