काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश क्षमता २९.४७ प्रतिशत पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ५.९८ प्रतिशतले ऋणात्मक रहेको संस्थाको लाभांश क्षमता धनात्मक बनेको हो ।
चालु आवको पहिलो त्रैमासमा संस्थाको वितरणयोग्य मुनाफा ७६ करोड ९६ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा भने १५ करोड ६१ लाख रुपैयाँले ऋणात्मक थियो । संस्थाले समीक्षा अवधिमा १२ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्था १ करोड ९५ लाख रुपैयाँ घाटामा थियो ।
यद्यपी संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आवमा ५६ करोड २२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ४३ करोड ३९ लाख रुपैयाँमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने ७ करोड ६८ लाखबाट बढेर ८ करोड १९ लाख पुगेको छ ।
संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ६ करोड ४७ लाख छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४० करोड ७४ लाख छुट्टाएको थियो ।
पहिलो त्रैमाससम्म संस्थाको रिटेन्ड अर्निङमा ७६ करोड ९६ लाख र रिजर्भमा २ अर्ब ४० करोड सञ्चित रहेको छ । यो अवधिमा संस्थाको खराब कर्जा अनुपात १०.४६ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १९.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२१.५२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०७९.७९ रुपैयाँ र तरलता अनुपात ७.९० प्रतिशत कायम भएको छ ।

