काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २५ औं वार्षिक साधारण आगामी मंसिर २३ गते आयोजना गर्ने भएको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो ।
उक्त सभा काठमाण्डौको थापागाँउमा रहेको अर्पण ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र बाँकी अवधिका लागि सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैठकले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

