शनिबार, बैशाख १३,२०८२ 09:30:25
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:30:25
IME remit
Global IME Bank Limited

नेपालका ४३ विद्यार्थीहरूले गरे क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन

Hyundai Nepal
नेपालका ४३ विद्यार्थीहरूले गरे क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन
Nabil Bank Limited

काठमाण्डौ । क्याम्ब्रिज र ब्रिटिस काउन्सिलले नेपालमा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारको विजेताको नाम घोषणा गरेको छ । यो पुरस्कार नोभेम्बर २०२२ र जुन २०२३ मा क्याम्ब्रिजमा सञ्चालित परीक्षाको श्रृंखलामा नेपालका माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक उपलब्धिका साथ दिइएकको हो ।  

नेपालका ४३ विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकोमा पुरस्कार पाएका छन् । उनीहरूलाई देशमा उत्कृष्ट भएको, समग्रमा राम्रो गर्ने र उच्च ग्रेड प्राप्त गरेकोमा मान्यता दिइएको थियो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कार कार्यक्रमले विश्वका ४० भन्दा बढी देशहरूमा क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनद्वारा लिइएको परीक्षामा सहभागी विद्यार्थीहरूको सफलतालाई पहिचान दिलाउनुको साथै सम्मान व्यक्त गर्छ ।

क्याम्ब्रिजमा अन्तर्राष्ट्रिय शिक्षाका लागि दक्षिण एसियाका क्षेत्रीय निर्देशक महेश श्रीवास्तवले भने,‘हामीले गर्ने हरेक कुराको केन्द्रबिन्दु क्याम्ब्रिज शिक्षार्थीहरू हुन्। क्याम्ब्रिज शिक्षाको प्रत्येक तत्व – जस्तो पाठ्यक्रम, शिक्षण र सिकाइ, स्रोत र मूल्याङ्कन – शिक्षार्थीहरूलाई उनीहरूमा लुकेर रहेको क्षमता हासिल गरि जीवनलाई सफलता तथा समृद्धितर्फ डोर्याउन  राम्ररी डिजाइन गरिएको हो ।’

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.