Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मैलुङ खोला जलविद्युतको सेयर कारोबार फुकुवा

Global IME Bank Limited
मैलुङ खोला जलविद्युतको सेयर कारोबार फुकुवा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको छ । नेप्सेले गत चैत ८ गतेदेखि कम्पनीको धितोपत्र कारोबार रोक्का राखेको थियो ।  

कम्पनीले लाभांश घोषणाको जानकारी नेप्सेमा कारोबारको समय ११ः१७ बजे नट्समार्फत दिएको भन्दै धितोपत्र कारोबार स्थगन गरेको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९र८० का लागि लाभांशको निर्णय गरेको थियो । कम्पनीले लाभांश घोषणाको निर्णय सम्बन्धी जानकारी कारोबारको समयमा नेप्सेमा जानकारी गराएको नेप्सेले जनाएको थियो । धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम २२(१)मा भएको व्यवस्था अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना,जानकारी तथा निर्णय सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।  

नेप्सेले कम्पनीलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । सोहि अनुरुप कम्पनीले प्राविधिक समस्या आएका कारण लाभांश सम्बन्धी जानकारी समयमै दिन नसकिएको सजह भई आगामी दिनमा यस्तो गल्ति नदोहोराउने प्रतिवद्धता पत्र नेप्सेलाई पठाएको छ । 

नेप्सेले कम्पनीलाई सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितापत्र कारोबार चैत १२ गतेको निर्णयअनुसार फुकुवा गरेको हो ।  


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.