आईतवार, असार १,२०८२ 10:12:09
  • आईतवार, असार १,२०८२ 10:12:09
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७.९७%ले घट्यो,प्रथम बीमाशुल्क आर्जन भने वृद्धि

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७.९७%ले घट्यो,प्रथम बीमाशुल्क आर्जन भने वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । देशमा सञ्चालिन १४ वटा जीवन बीमा कम्पनीहरुले फागुन महिनामा ११ अर्ब ६५ करोड रुपैयाँबरारबको कुल बीमाशुल्क आर्जन गरेका छन् । जुन माघ महिनाको तुलनामा ७.९७ प्रतिशतले कम हो ।  

माघ महिनामा जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६६ करोड रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका थिए । फागुन महिनामा सबैभन्द धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक  महिनाको अवधिमा ३ अर्ब ९ करोड रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्नेमा नेशनल लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीले १ अर्ब ५०  करोड रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै एलआईसी नेपालले १ अर्ब ४३ करोड,हिमालयन लाइफले १ अर्ब २६ करोड र एशियन लाइफले ७२ करोड रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ । फागुन महिनामा सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गर्नेमा राष्ट्रिय जीसवन बीमा कम्पनी रहेको छ । कम्पनीले यो महिनामा २४ करोड ८७ लाख रुपैयाँबराबरको मात्रै कुल बीमाशुल्क आर्जन गरेको छ ।  

प्रथम बीमाशुल्कका आधारमा कुन अब्बल ?

फागुन महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब ५५ करोड रुपैयाँ बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । जुन माघ महिनाको तुलनामा १४.४१ प्रतिशतले बढी हो । माघ महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब २९ करोड रुपैयाँबराबरको प्रथम बीमाशुल्क आर्जन गरेको थिए ।  

प्रथम बीमाशुल्क आर्जनमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । कम्पनीले ५६ करोड ५३ लाख रुपैयाँबराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ । दोस्रो स्थानमा रहेको नेशनल लाइफले ५० करोड २२ लाख रुपैयाँबराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ ।  

यसैगरी हिमालयन लाइफले १९ करोड १४ लाख,सूर्यज्योति लाइफले १८ करोड ७३ लाख र एशियन लाइफले १५ करोड ३२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।  

जारी बीमालेखको संख्या  

फागुन  महिनामा जीवन बीमा कम्पनीहरुले ४ लाख १५ हजार ६७३ वटा बीमालेख जारी गरेका छन् । जुन माद्ध महिनाको तुलनामा कम हो । माघ महिनामा भने कम्पनीहरुले कुल ४ लाख ४८ हजार ६६६ वटा बीमालेख जारी गरेको थिए ।  

फागुनमा सबैभन्दा धेरै बीमालेख सानिमा रिलायन्स लाइफले जारी गरेको छ । कम्पनीले यो एक महिनाको अवधिमा कुल ६५ हजार १५८ वटा बीमालेख जारी गरेको छ ।  

यस्तै सिटिजन लाइफले ६४ हजार २३१,नेशनल लाइफले ६० हजार ३१९ र सूर्यज्योति लाइफले ४८ हजार ८०४ वटा बीमालेख जारी गरेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.