काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीपश्चात बन्द अवस्थामा रहेको चन्द्रागिरी हिल्स लिमिटेडले पुनः सम्पूर्ण व्यवसायिक गतिविधि सञ्चालनमा ल्याएको छ ।
कम्पनीले यही मंसिर १५ गते सोमबारदेखि आफ्ना सम्पूर्ण व्यवसायिक गतिविधि पुनः सुचारु गरेको हो ।
जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीमा क्षतिपश्चात आवश्यक मर्मत सम्भार र प्राविधिक परीक्षणपश्चात यवसायिक गतिविधि पुनः सुरु गरिएको कम्पनीले जनाएको छ ।

